काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेशनल पेमेन्ट गेट–वे प्रकरणमा उनीहरुविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मरासिनीसहित तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठविरुद्द मुद्दा दर्ता गरिएको छ ।
यस प्रकरणमै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत राम बहादुर बुढा र राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायकविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले विशेष अदालतमा अधिकतम् २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा घ को उपदफा (१) देहाय (झ) बमोजिम कैद सजाय र सोही दफा घ को उपदफा (ज्ञ) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेरगराएको सम्पत्ति निजहरुबाट असुलउपर मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सम्बन्धित खबर
आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार पक्षबाट सर्वाेच्चमा पुनरावेदन
शेखरलाई विद्याले भनिन्- देशका लागि मिलेर केही गरौँ, सहयोग पाउने आशामा छु
आफ्नै पार्टीको गठबन्धन भत्काउन शेखर अग्रमोर्चामा, प्रधानमन्त्री बन्ने चक्करमा पार्टी फुटाउन उद्धत, विद्या, प्रचण्ड र माधवको साथ !
विद्या भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्नबाटै वञ्चित
एमालेमा ७० वर्ष उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन
श्रमिकको न्यूनतम तलब बढ्यो, अब १९ हजार ५५० रुपैयाँ
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ