पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेनन् । ओलीको अनुपस्थितिमा महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाइएको छ । यतिबेला उनी मन्तव्य राखिरहेका छन् ।
एतिहासिक प्रथम अधिवेशन पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने तय भएपनि प्रतिकुल मौसम कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह खल्लो हुन पुगेको हो । एमाले गण्डकीले ११ जिल्लाबाट आज ५० हजार कार्यकर्ता पोखरा उतार्ने भन्दै तयारी गरेको थियो । आजै झरीले पनि अवरोध गरेको थियो ।
एमाले गण्डकी प्रदेशका उपसचिव एवम्, प्रचारप्रचार उपसमिति संयोजक रश्मि आचार्यले प्रतिकुल मौसमका कारण उडान प्रभावित हुँदा उद्घाटन समारोह केही समय रोकिएको बताएका थिए । उनले पार्टी अध्यक्ष ओली जहाजमा आउने भएकाले प्रतिकुल मौसमका कारण उडान रोकिँदा केही समय ढिलाई भएको बताएका थिए । तर, साढे ३ बजेसम्म पनि उडान नभएपछि महासचिव नै प्रमुख अतिथिका रूपमा मञ्चमा निम्त्याइए ।
उद्घाटन समारोह ढिला हुन पुग्दा आएका पार्टीका नेता कार्यकतालाई भुलाउन सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाएको थियाे । धिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएका छन् । यस्तै पोखरामा अधिवेशनका लागि आएका प्रतिनिधि राख्न एमालेले २१ वटा होटल बुक गरेको छ ।
प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा पुगेका थिए ।
आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चयन हुनेछ । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए मेसिन भोटिङबाट नेतृत्व चयन गरिने जानकारी दिए ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’