पोखरा । युएनडिपि नेपाल तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनर नेपाल र टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा काठमाडौंमा हालै सम्पन्न राष्ट्रिय पर्यटन सम्मेलनमा आयोजित विभिन्न विधासँग सम्बन्धित प्रतियोगितामा पोखरा–१७, विरौटामा अवस्थित बालोदय माध्यमिक विद्यालयले नेशनल च्याम्पियनको उपाधि हात पारेको छ ।
उक्त सम्मेलनमा साँस्कृतिक नृत्य प्रतियोगिता, पर्यटन सम्बन्धी रिसर्च रिपोर्ट र पावर पोइन्ट प्रेजेन्टेशन कम्पिटिशन तथा ट्राभल फोटो कन्टेस्टका तीन वटै विधाहरुमा बालोदय माध्यमिक विद्यालयका विद्यार्र्थीहरुले सर्वोत्कृष्ट प्रस्तुति गरी न्याशनल च्याम्पियन बन्न सफल भएका हुन् ।
साँस्कृतिक नृत्य प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू प्रेणा गुरुङ, स्नेहा पुन, एन्जिला गुरुङ, दक्षिणा बराल, नवराज गुरुङ र विजय चालिसेले प्रथम स्थान हासिल गर्न सफल भएका छन भने पर्यटन थिममा तयार पारिएको रिसर्च रिपोर्ट र पावरपोइन्ट प्रेजेन्टेशन कम्पिटिशन कक्षा ११ का विद्यार्र्थीद्वय दक्षिणा बराल र विजय चालिसेले जितेका छन् ।
प्रतियोगिताका विजयी विद्यार्र्थीहरू एवम् विद्यालयलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । पावरपोइन्ट प्रेजेन्टेशन कम्पिटिशनकी विजयी छात्रा दक्षिणा बराल आगामी नोभेम्बर महिनामा दुबईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिएकी छन् ।
यसै गरी कार्यक्रमको अर्को विधा जिटिटिपि ट्राभल फोटो कन्टेस्टमा कक्षा १२ मा अध्ययनरत छात्रा मेनुका विकले प्रथम पुरस्कार एक सय अमेरिकी डलर सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन । उनले खिचेको फोटो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत छनौट भएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय टुरिजम स्पेसलिष्ट लिजा चोग्याललाई विशेष सल्लाहाकारमा चयन गरिएको थियो भने पर्यटन अभियन्ता सचिन न्यौपाने तथा सिर्जना ओलीलाई टुरिजम युथ एम्बेस्टर, गत वर्षकी कन्फरेन्सकी विजेता अर्पना भण्डारी र गायिका रोजा फुयाललाई टुरिजम स्टुडेन्ट एम्बेस्टर घोषणा गरिएको थियो ।
साथै मधेस प्रदेशको कला, सँस्कृति र पर्यावरणको क्षेत्रमा योगदान गर्नुभएका देव नारायण मण्डललाई सम्मान गर्दै गैडाकोटको विजय सामुदायिक शिक्षा सदनको टुरिजम क्लबलाई वेस्ट टुरिजम क्लब र गठ्ठाघरको ग्लोबल पाठशालाको टुरिजम क्लबलाई एक्टिभ टुरिजम क्लब अवार्डबाट सम्मान गरिएको थियो ।
रसियन कल्चर सेन्टर, काठमाडौमा संचालित उक्त सम्मेलनमा प्रमुख अतिथि पुर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले समृद्धीको आधार पर्यटन हुन सक्ने विषयलाई थप स्पष्ट पारेका थिए ।
त्यसै गरी टुरिजम बोर्डका निर्देशक मणिराम लामिछानेले पर्यटन सचेतना र पर्यटनको महत्वका बारेमा प्रकाश पारेका थिए भने टिआरटिआईका अध्यक्ष मदन कुमार बरालले पर्यटन क्लबको महत्वको विषयमा चर्चा गर्दै गत वर्ष टुरिजम बोर्ड, युएनडिपि र एसटिएलआरपिको सहयोगमा देशभरमा १८ वटा टुरिजम क्लब गठन गरेको एवम् यो वर्ष १०० वटा नेशनल सस्टेनेवल टुरिजम क्लबको गठन गरिरहेको जानकारी गराएका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ