पोखरा बाटुलेचौर स्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयका शिक्षक बलराम भट्टराईलाई सम्मान सहित बिदाइ गरिएको छ । ३४ वर्ष ७ महिना लामो शिक्षण पेशामा आवद्ध भट्टराईले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि विद्यालयले मंगलबार एक कार्यक्रमका बीच सम्मानसहित बिदाई गरेको हो ।
सो विद्यालयमा लामो समय अध्यापन गराएका पोखरा १६ बडहरवोट निवासी भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य र शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले मायाको चिनो सहित दोसल्ला ओढाएर बिदाइ गरेका हुन् ।
कार्यक्रममा बाेल्दै समितिका जेष्ठ सदस्य भट्टराईले अवकास पछिको जीवन पनि शिक्षा क्षेत्रमै लगाउन आग्रह गरे। प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक विकासमा भट्टराईको योगदानको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक विकासमा पनि रचनात्मक सहयोग र सुझावको अपेक्षा राखेको बताए ।
शिक्षक भट्टराईले विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि बाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने बताए । उनले देशभरी नै सामुदायिक विद्यालयतर्फ हिलो हुन सफल विद्यालयमा तीन दशक भन्दा बढी सेवा गर्न पाउँदा आफूलाई गर्व लागेको स्मरण गरे।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई फुल, अविर दिएर सम्मान गरेका थिए । कक्षा १० का विद्यार्थी नम्रता परियारले गुरु बन्दना प्रस्तुत गरेकी कार्यक्रमको संचालन दश जोड दुईका शिक्षक माधव अधिकारीले गरेका थिए ।
वि.सं. २०४५ सालमा स्थायी शिक्षकको रुपमा विन्ध्यवासिनी माविमा नियुक्ती लिई अध्यापन कार्य शुरु गरेका भट्टराईले केही समय महेन्द्र मा.वि घार्मीमा पनि अध्यापन गराएका थिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस