पोखरा बाटुलेचौर स्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयका शिक्षक बलराम भट्टराईलाई सम्मान सहित बिदाइ गरिएको छ । ३४ वर्ष ७ महिना लामो शिक्षण पेशामा आवद्ध भट्टराईले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि विद्यालयले मंगलबार एक कार्यक्रमका बीच सम्मानसहित बिदाई गरेको हो ।
सो विद्यालयमा लामो समय अध्यापन गराएका पोखरा १६ बडहरवोट निवासी भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य र शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले मायाको चिनो सहित दोसल्ला ओढाएर बिदाइ गरेका हुन् ।
कार्यक्रममा बाेल्दै समितिका जेष्ठ सदस्य भट्टराईले अवकास पछिको जीवन पनि शिक्षा क्षेत्रमै लगाउन आग्रह गरे। प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक विकासमा भट्टराईको योगदानको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक विकासमा पनि रचनात्मक सहयोग र सुझावको अपेक्षा राखेको बताए ।
शिक्षक भट्टराईले विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि बाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने बताए । उनले देशभरी नै सामुदायिक विद्यालयतर्फ हिलो हुन सफल विद्यालयमा तीन दशक भन्दा बढी सेवा गर्न पाउँदा आफूलाई गर्व लागेको स्मरण गरे।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई फुल, अविर दिएर सम्मान गरेका थिए । कक्षा १० का विद्यार्थी नम्रता परियारले गुरु बन्दना प्रस्तुत गरेकी कार्यक्रमको संचालन दश जोड दुईका शिक्षक माधव अधिकारीले गरेका थिए ।
वि.सं. २०४५ सालमा स्थायी शिक्षकको रुपमा विन्ध्यवासिनी माविमा नियुक्ती लिई अध्यापन कार्य शुरु गरेका भट्टराईले केही समय महेन्द्र मा.वि घार्मीमा पनि अध्यापन गराएका थिए ।
सम्बन्धित खबर
क्यूएए प्रमाणपत्र प्राप्तिपछि पोखरा बहुमुखी क्याम्पसमा खुसीयाली
प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरू
पोखरामा ‘शहरी योजना: उपकरण र प्रविधिहरू’ विषयक ४ दिवसीय तालिम सम्पन्न
त्रिवेणी कलेजका विद्यार्थीमाझ पौडेल, ‘विदेशमा सीप सिकौं, स्वदेश फर्केर व्यवसाय र सेवा गरौँ’
युआरएलको प्राविधिक सहयोगमा साढे २ सय जनाको मधुमेह र टिजी जाँच
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दाबी
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने