पोखरा । पायक ठाउँमा सरुवा माग गर्दै आमरण अनसन बसेकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलको अनसन मंगलबार तोडिएको छ । लमजुङको दुर्गममा नियुक्ति पाएपछि लामो समयदेखि पायक र पहुँचयुक्त ठाउँमा सरुवा माग्दा नपाएको उनको दुखेसो थियो । त्यसपछि उनी १४ असोजदेखि शिक्षा समन्वय इकाइको कार्यालय कास्की परिसरमा अनसन बसेकी थिइन् ।
शिक्षा इकाई कार्यालय, शिक्षक संगठनहरु र पोखरा महानगरपालिका शिक्षा महाशाखासमेतले पौडेललाई कास्कीको मादी गाउँपालिका ध्रुव माविमा पोस्टिङ सरुवा मिलाउन सहमति गरेका हुन् । त्यसपछि उनले अनसन तोडेको जानकारी दिइन् ।

२ वर्ष शिक्षा सेवा आयोगबाट पौडेलले निम्न माध्यमिक तहको नेपाली शिक्षकमा नाम निकालेकी थिइन् । उनलाई लमजुङको दोर्दी गाउँपालिकाको बालकल्याण माविमा नियुक्ति दिइएको थियो । सुरुबाटै उनले उक्त विद्यालयदेखि त्यहाँको गाउँपालिका र विभिन्न निकायमा सरुवा माग गरेकी थिइन् । तर, कसैले सुनुवाइ नगरेपछि अनसन बस्नुपरेको पौडेलले बताइन् ।
ध्रुव मावि मादी–४ तारकाङमा रिक्त रहेको निम्न माध्यमिक तहको नेपाली विषयको दरवन्दीमा निजलाई सरुवा भई आउन सहमति प्रदान गर्ने, साथै शिक्षक खटिएको विद्यालयमा हाजिर भई सहमति लिई आए पश्चात छिटो समाधानद्वारा शिक्षा तथा मानवस्रोत विकास केन्द्र भक्तपुरबाट नियमानुसार जिल्लान्तर सरुवाका लागि अनुमति लिई यसलाई नजिरको रूपमा कायम नहुने गरी शिक्षा विकास तथा समन्वय इकाइ कास्कीबाट सरुवा गर्ने सहमति भएको हो ।
शिक्षक सेवा आयोगको २०७९/८० को निम्न माध्यमिक तहको पदस्थापना गर्नु अगावै शिक्षा विकास निर्देशनालयसँग समन्वय गरी शिक्षा विकास तथा समन्वय इकाई कास्की र पोखरा महानगरपालिका शिक्षा महाशाखाले पोखरा महानगर पालिकाभित्रका विद्यालयमा सरुवा गरी ल्याउने सहमति पनि भएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो