लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठक पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।
लायन्स क्लब अफ पोखरा आर्दशको आयोजनामा यही असोज २६ र २७ गते विभिन्न जिल्लाका लायन्स क्लबको सहभागितामा बैठक हुन लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
काठमाण्डौं, पर्वत, म्याग्दी,लमजुङ, गोर्खा लगायतका क्षेत्रवाट करिब १ हजार लायन सदस्यको सहभागिता रहने क्लबका संस्थापक अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नविन भण्डारीले जानकारी दिए । दुई दिनसम्म हुने कार्यक्रममा २६ गते क्याबिनेट पदाधिकारीको बैठक र २७ गते लायन्स तथा लियो सदस्य सम्मिलित कार्यक्रम हुने तय भएको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गर्भनर चन्द्र कुमार केसीको अध्यक्षतामा हुने कार्यक्रममा पोखराको मौलिक संस्कृति झल्कने सारङ्गीको धुन र लक्ष्य ब्याण्डको सांगीतिक प्रस्तुति राखिने भण्डारीले बताए ।
कार्यक्रमलाई व्यवस्थित गर्न संस्थापक अध्यक्ष नविन भण्डारीको संयोजकत्वमा विभिन्न ११ वटा उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जस अनुसार स्मारिका प्रकाशन उपसमितिमा गोविन्द चापागाई, मञ्च व्यवस्थापनमा बुद्धि बहादुर खत्री, प्रचार तथा सूचनामा दिनेश भण्डारी, खाना, खाजा र अतिथि व्यवस्थापनमा संजय कुमार अधिकारी, रजिष्टेशनमा कृष्ण गुरुङ, अर्थ व्यवस्थापनमा दिल ब.थापा, स्वागत, सत्कारमा शोभा बानिया, खानेपानी तथा पार्किङ्गमा गणेश बस्नेत, स्वास्थ्य तथा प्राथमिक सेवामा रमेश थापा, सचिवालय व्यवस्थापनमा मिलन केसी र किट व्याग व्यवस्थापनमा भोज ब. केसी रहेका छन् ।
पत्रकार सममेलनमा वोल्दै पुर्व अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कार्यक्रम सबै लायन्सको भएकाले यसको सफलताको लागि सहयोग गर्न आग्रह गरे ।
संयोजक भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन प्रचार संयोजक दिनेश भण्डारीले गरेका थिए । क्लबले सामाजिक कार्यका साथै मानविय सेवा र स्वास्थ्य लगायतका क्षेत्रमा सेवाका कामहरु गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ