पोखरा । जिल्ला समन्वय समिति कास्कीले बालगृहहरूसंग बार्षिक समिक्षा सहित अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार कास्कीका विभिन्न गैर सरकारी संस्थाहरूद्वारा सञ्चालित बालगृहको अवस्था सञ्चालित परियोजनाको बार्षिक समिक्षा सहित कठिनाइ र निराकरणका उपाय सम्बन्धमा अन्तक्रिया गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यशअघि आफुहरूले बालगृहहरूको स्थलगत अनुगमन गरेको र सो क्रममा देखिएका कमिकमजोरी सुधारका प्रदान गरेका सुझाव कार्यान्वयनको निम्ति ध्यानाकर्षण गराउदै पूर्ण कार्यन्वयन गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको उल्लेख गरे।
पौडेलले कास्कीका अधिकाम्स बाल गृह थप बाल मैत्री हुनुपर्नेमा जोड दिदै मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिए।
कास्कीका कतिपय बालगृह न्युनतम पूर्बाधार बिनै सञ्चालन भएको पाइएको हुँदा निश्चित समयावधि दिएर सुधार गर्न आग्रह गरीने र निर्देशन पालना नभएको पाइएमा कडा कारबाही हुने बताए।
कार्यक्रममा प्रदेश बाल अधिकार परिषदका समन्वय अधिकारी बद्री वाग्ले, गैरसरकारी संस्था महा संघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत नवराज बराल, लगाएतले मन्तव्य ब्यक्त गरेका थिए।
सो अवसरमा थ्री एन्जल्स नेपाल, अन्नपूर्ण एसोसिएसन नेपाल, असहाय बाल उपकार संघ, हेप्पी होम, लिटल बेल्स प्रतिज्ञा भुमि, स्टार चिल्ड्रेन, ॐ शिव शक्ति कल्याणी होम, कोपिला बालगृह, हिमालय लाइफ नेपाल, बालहितकारी परियोजना नेपाल, सृजना बालगृह लगायतका करिब २ दर्जन बालगृह सञ्चालक संस्थाहरूले बार्षिक समिक्षा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए।
प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ