पोखरा । तेस्रो राष्ट्रिय कला प्रदर्शनीको समापनमा स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन पोखरामा सम्पन्न भएको छ ।
बिमोचन ठकुरी युवा परिवार कास्कीको आयोजना र नगेन आर्ट एकेडेमीको सहकार्यमा पोखराको चिप्लेढुंगास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीको सभाहलमा कार्यक्रम भएको हो ।
नेकपा (एमाले)का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रममा ‘तेस्रो लहर’ बिमोचन गर्दै हाम्रा वरिपरिको प्रकृति नै साहित्य सिर्जना गर्न प्रेरित गर्ने खालको भएको बताए । उनले नेपाली भाषालाई एउटै सुत्रमा बाध्ने कार्य गरेको भानुभक्तलाई र नेपाल एकिकरण गर्ने राजा पृथ्विनारायणलाई स्मरण गरे ।
अधिकारीले सबै कविहरुलाई स्मरण गर्दै भाषा र नेपाल एकिकरण गर्नुहुनेप्रति कवि हमालले सम्मान गरेको बताउँदै कविको राजनीतिप्रति लगाव रहेको तर राजनीति सफा र जनसेवामा हुनु पर्ने हमालले कबिता मार्फत व्यक्त गरेको बताए ।

सृजनशील लोकतान्त्रिक प्रतिष्ठानको अध्यक्ष साहित्यकार विष्णु प्रसाद शर्माले स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ को समिक्षा गरेका थिए । त्यस्तै, लघु कथा प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण थापाले स्वर्गीय गंगा बहादुर हमालको जीवनीको बारेमा चर्चा गरे ।
पोखरा महानगरपालिका वडा नं. १७ का निर्वतमान अध्यक्ष तीर्थराज अधिकारी, ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उचै, बाङ्सिङ पोखरा एकता परिवारका अध्यक्ष खडानन्द लामिछाने लगायतले हमाललाई स्मरण गर्दै उनको व्यक्तित्वको बारेमा बताएका थिए ।
ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालको अध्यक्षतामा सम्पन्न ‘तेस्रो लहर’ बिमोचन कार्यक्रममा विश्वकला यात्री प्राज्ञ नगेन सिंहले स्वागत तथा सचिव मोहन शाहीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा