पोखरा वडा नं. ७ मा बृहत सफाई

पोखरा वडा नं. ७ मा बृहत सफाई

Safai (1)

पोखरा महानगरपालिका वडा नं. ७ को आयोजना तथा पोखरा महानगरपालिकाको सहजिकरणमा वडाका प्रमुख स्थानमा सरसफाई गरिएको ।

अख्तियार कार्यालय अगाडिको पोखरी हुँदै पुष्करेश्वर महादेव मन्दिरसम्म बृहत सफाइ कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा अख्तियार कार्यालय पोखरा, महानगरीय प्रहरी टिम, नागरिक समाज, माछापुच्छ्रे महिला क्लब, मासबार आमा समूह, महिला क्लब पोखरा, महिला विकासका लागि आमा समूह पोखरी पाटन, शान्ति नगर, सुगम गहन मार्ग, नुवारथोक टोल विकास संस्थाबाट सहभागिता रहेको थियो ।

वडा अध्यक्ष राममोहन आचार्यले वडाको सफाईका लागि उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । पोखरा ७ मा वडाध्यक्ष राममोहन आचार्य, सदस्यहरु अर्जुन थापा, विष्णुमणि बराल, बसुन्धरा लामिछाने, सुनिता सुनार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds