पोखरा १६ बाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि बडादशैंको अवसरमा नवदुर्गा पूजा तथा आरती गरिने भएको छ ।
हिमालय क्लबको आयोजनमा यही असोज २८ गतेदेखि कार्तिक ७ गते बडादशैंको टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पूजा गरिने क्लबका अध्यक्ष सुशील बस्नेतले जानकारी दिए ।
क्लबले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूजाको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न समुदायले तयारी तीव्र पारेको सचिव शिवराज देवकोटाले जानकारी दिए।
बाईसे चौबिसे राजाका पालादेखि नै हुँदै आएको पूजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन बहादुर थापाको संयोजकत्वमा दुर्गा पूजा व्यवस्थापन समिति समेत गठन गरिएको छ । दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिईएको संयोजक थापाले बताए ।
पूजा अन्तर्गत घटस्थापनाको दिनदेखि दशमीसम्म बिहान नित्य पूजा, चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दीप प्रज्वलन, भजन कीर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले मालश्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ ।
फूलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमासहित कलश यात्रा गरिनेछ । नियमित रुपमा पूजाआजा हुने भएतापनि नवदुर्गाभर विशेष पूजा अर्चना हुने र महाअष्टमीको साँझ दीप प्रज्वलन, कालरात्री पूजा र महाआरती सहितको विशेष पूजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिए ।
विशेष दुर्गा पूजा दशैं अवधिभर बिहान र साँझमा नियमित हुने बताइएको छ । हिमालय क्लबको संयोजनमा हुने दुर्गा पूजामा शुक्ला साहित्य प्रतिष्ठान, बडहरवोट आमा समूह, संरक्षण आमा समूह, नेवाः खल बाटुलेचौर, मैदान आमा समूह, क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागि महिला एकल महिला समूह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लबले वनाएको छ ।
उक्त मन्दिरमा चौबिसे राजा कुलमण्डन शाहको पालादेखि नै पूजाआजा हुँदै आइरहेको बताइन्छ ।
सम्बन्धित खबर
क्यूएए प्रमाणपत्र प्राप्तिपछि पोखरा बहुमुखी क्याम्पसमा खुसीयाली
प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरू
पोखरामा ‘शहरी योजना: उपकरण र प्रविधिहरू’ विषयक ४ दिवसीय तालिम सम्पन्न
त्रिवेणी कलेजका विद्यार्थीमाझ पौडेल, ‘विदेशमा सीप सिकौं, स्वदेश फर्केर व्यवसाय र सेवा गरौँ’
युआरएलको प्राविधिक सहयोगमा साढे २ सय जनाको मधुमेह र टिजी जाँच
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दाबी
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार