पोखरा । देशभर बदली रही आज मंगलबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको साथै पश्चिमी भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो