काठमाडौँ । काठमाडौँ महानगरपालिका–११, सुन्धारास्थित एक गेस्ट हाउसमा युवती मृत फेला परेकी छन् ।
सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी १७ वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुले अनुसार, १५ दिनदेखि राउत र उनका प्रेमी उक्त गेस्ट हाउसमा बसिरहेका थिए । तर दिनअघि उनीहरुसँग भएको पैसा सकिए पछि पैसा लिएर आउँछु भन्दै प्रेमी बाहिर निस्किएका थिए । पैसा लिएर सोमबार बिहान प्रेमिका बसेको होटलमा पुग्दा उनले ढोका नखोलेको र स्टाफ समेत बोलाएर भ्यान्टिलेसनबाट हेर्दा शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै प्रहरी वृत्त, जनसेवाको टोली पुगेर ढोका फोड्दा भूमिका मृत अवस्थामा भेटिएकी हुन् । नजिकै विषको बट्टा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ । अहिले प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।
युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने युवतीको भिसेरा जाँच पनि गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो