इजरायलमा ज्यान गुमाएका नेपालीलाई श्रदाञ्जलीसँगै सम्झनामा दीप प्रज्वलन

इजरायलमा ज्यान गुमाएका नेपालीलाई श्रदाञ्जलीसँगै सम्झनामा दीप प्रज्वलन

image_6487327

पोखरा । इजरायलमा ज्यान गुमाएका नेपालीहरु प्रति श्रदाञ्जली सँगै उनीहरुको सम्झनामा मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सिम्पानी चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

त्रि–शक्ति समाज सेवा क्लव, पोखरा १ सिम्पानीको आयोजनामा इजरायल र हमास विचको युद्धमा ज्यान गुमाएका सम्पुर्ण नेपालीहरुमा भावपुर्ण श्रदाञ्जली अर्पण सँगै उनीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । दिवंगत नेपालीहरुको सम्झनामा आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष सगै कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्दै कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष शिव केसीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds