पोखराका क्रियाशील पत्रकार एवं गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी ‘अकिञ्चन’लाई बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुर्व्यवहार गरेका छन् ।
सभागृहमा बुधबार भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रम आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् । उक्त घटनाको पत्रकार महासंघ, प्रेस चौतारी र प्रेस सेन्टरले निन्दा गरेका छ ।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत कलिला बालबालिकाको विषयमा जिज्ञासा राख्दा अधिकारीमाथि सञ्चालक प्रतीकले दुर्व्यवहार गरेका हुन् । सञ्चालक प्रतिकले ‘चिनेको छस् ? पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर मेरो कार्यक्रममा आउनुभएको छ । यो कार्यक्रमको गरिमा कति हो थाहा छ ?’ भन्दै गालीगलौज साथै धाकधम्की दिएका थिए ।
उक्त घटनालाई पत्रकार सम्बद्ध संघसंस्थाले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षप भएको ठहर गरेको छ । मिलनलाई कानुन अनुसार कारबाहीको माग पनि गरेका छन् । साथै, समाचार संकलन, प्रकाशन एवं प्रशारण गर्ने अधिकार निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित निकायको गभीर ध्यानाकर्षण समेत गराएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने चार चालक पक्राउ
कास्कीको खिलाङ र तप्राङमा पहिरोः २ भैंसी मरे, ६ घरमा क्षति
पूर्वी नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, आवागमन ठप्प
‘गण्डकीमा मानव अधिकार कार्ययोजना प्रभावकारी कार्यान्वयनमा चुनौती’
अन्तिम खेलमा पर्वतको शानदार जीत, नवलपुर समूह विजेताका रूपमा फाइनलमा
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च