गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको साँचो शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिन् ।
शौचालय निर्माणमा एनआरएनएले ६० लाख रुपैयाँ सहयोग गरेको थियो । सेन्सर जडित स्मार्ट सार्वजनिक शौचालय अपांगमैत्री रहेको छ । शौचालयमा छुट्टै स्तनपान कक्षसमेत छ । महिलाका लागि सेनिटरी प्याड भेन्डिङ मेसिन पनि राखिएको छ । शौचालयकै मलमूत्रबाट बायोग्यास उत्पादन गर्ने गरी बायो–डाइजेस्टर जडान गरिएको छ ।
आफ्नोमातहत रहेको जग्गामा भएका पुरानो संरचना भत्काएर सार्वजनिक शौचालय र बगैँचा निर्माणको योजना महानगरले ल्याएको थियो । शौचालय निर्माणमा एनआरएनए र महानगरबीच ०७९ पुस २० मा पहिलो र चैत १३ मा दोस्रो सम्झौता भएको थियो ।

सम्झौताको पहिलो चरणअन्तर्गत शौचालय निर्माणको काम सकिएको र दोस्रो चरणमा एनआरएनएकै थप २० लाख रुपैयाँ सहयोगमा पानीको फोहरा, फल्चासहितको बगैँचा बन्ने महानगर प्रमुख आचार्यले बताए । शौचालयको व्यवस्थापन र मर्मतसम्भारका लागि बायोग्यासबाट चिया बेच्ने योजना रहको पनि उनले सुनाए ।
एनआरएनए अध्यक्ष रविना थापाले आफू कार्यकारी अध्यक्ष रहँदा आफ्नै गृहजिल्लामा परियोजना ल्याउन पाएकोमा खुसी व्यक्त गरिन् । ‘६ महिना कार्यकारी अध्यक्ष रहँदा यस्ता धेरै काम भएका छन्,’ आसन्न एनआरएनएको अध्यक्षमा पुनः उम्मेदवारी दिएकी उनले भनिन्, ‘शिक्षा, स्वास्थ्यका क्षेत्रमा साझेदारी गरेर थप परियोजना ल्याउन सकिन्छ ।’
सार्वजनिक शौचालय निर्माणमा एनआरएनएले आर्थिक सहयोग गरे पनि डिजाइन, अनुगमन, मूल्यांकनलगायत कार्य महानगरले गरेको सहरी विकास तथा पर्यटन महाशाखाकी इन्जिनियर कृपा रञ्जितले बताइन् ।

सम्बन्धित खबर
क्यूएए प्रमाणपत्र प्राप्तिपछि पोखरा बहुमुखी क्याम्पसमा खुसीयाली
प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरू
पोखरामा ‘शहरी योजना: उपकरण र प्रविधिहरू’ विषयक ४ दिवसीय तालिम सम्पन्न
त्रिवेणी कलेजका विद्यार्थीमाझ पौडेल, ‘विदेशमा सीप सिकौं, स्वदेश फर्केर व्यवसाय र सेवा गरौँ’
युआरएलको प्राविधिक सहयोगमा साढे २ सय जनाको मधुमेह र टिजी जाँच
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दाबी
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार