पोखरा महानगरपालिका वडा नं. १५ ले नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठ पर्वको अवसरमा वडाबासीबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोहि अवसर पारी वडाले वर्षभर गरेका वार्षिक गतिविधि, विकास निर्माण कार्यको अवस्था, आगामी कार्ययोजनाबारे पनि जानकारी गरायो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका ३३ वडामध्ये राम्रो कार्यसम्पादन गर्ने वडामा १५ नम्बर अगाडि नै रहेको भन्दै बालबालिकादेखि बृद्धबृद्धालाई तीर्थाटनसम्म काम गरेकोमा खुशी व्यक्त गरे । उनले वडाबासीको मन जित्दै हालको जनप्रतिनिधि अघि बढेको र वडाले विकासमा पनि फड्को मारेको उल्लेख गरे ।
उनले आफू मेयर निर्वाचित भइसकेपछि तलबाटै विकास हुन्छ र त्यो प्रभावकारी हुन्छ भन्ने हेतुले वडामा बढी बजेट विनियोजन गरेको उल्लेख गर्दै यसो हुँदा काम समयमै र बलियो तबरले भएको पनि बताए ।

वडाध्यक्ष तोरणबहादुर बानियाँले अध्यक्ष निर्वाचित भइसकेपछि एक वर्षभरी भए गरेका कामबारे जानकारी गराएका थिए । उनले १३ करोड बजेटले काम गरेको बताउँदै आफ्नो कार्यकालभर समावेशी हिसाबले सबै स्थानमा विकास निर्माणका लागि बजेट छुट्याउने, वडाका हरेक समस्या तथा अभावलाई सम्भव भएसम्म पूरा गर्ने बताए ।
टोलटोलमा सरसफाईदेखि स्वास्थ्य शिविरसम्म, आँखाजाँच देखि पाठेघरजाँचसम्म, बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्तिहरु लक्षित विभिन्न कार्यक्रम, ज्येष्ट नागरिकलाई भ्रमणसम्मका कामहरु वडाले गरेको जनाउँदै वडाबासीलाई सहज सेवा प्रवाहका लागि आफू हरप्रहर खटिएको उल्लेख गरे ।

कार्यपालिका सदस्य एवं वडा सदस्य मन्दिरा परियार र वडा सदस्य आशिष भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य बलराम पौडेलले स्वागत गरे ।

कार्यक्रममा वडाका पूर्व अध्यक्ष मिनबहादुर गिरी र शिव बहादुर बानियाँ, निवर्तमान अध्यक्ष प्रकाश पौडेल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी कृष्णबहादुर कार्की, भारतीय पेन्सन क्यापका एसटीओ डोलबहादुर थापा, ज्येष्ठ नागरिकका तर्फबाट ललितबहादुर भण्डारी, नेकपा एमालेका भोजबहादुर गुरुङ, नेपाली काँग्रेसका किमबहादुर गुरुङ, माओवादी केन्द्रका भक्तबहादुर खत्री, राप्रपाका राजेन्द्र भण्डारी, नेकपा एसका खेमनारायण पौडेल, टोल विकास संस्थाका तर्फबाट फलेपाटन टोलका गोविन्द गौतम आमा समूहका तर्फबाट शिवशक्ति आमा समूहकी बेलमाया गुरुङले बोलेका थिए ।

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा