बिजी अस्पताल पाेखराले विश्व मनाेराेग दिवसकाे अवसरमा मनाेराेग तथा अपाङ्ग ट्यालेन्ट शो आयाेजना गर्यो। ट्यालेन्ट शो मा पाेखरामा मनाेराेग पीडित तथा विभिन्न शारिरीक अपाङ्गता रहेका २२ प्रतियोगीहरुले गायन, नृत्य, रचना वाचन तथा पेन्टिङ् प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा भूषण राजभण्डारी (चित्रकारिता) प्रथम, बिनिसा सुनार( नृत्य) द्वितीय र दाेर्जे शेर्पा ( गायन) तृतीय बनेका छन् । विजेता प्रतियोगीहरुलाई नगदसहित मायाकाे चिनाे प्रदान गरिएकाे थियो ।
प्रा.डा. निर्मल लामिछानेकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा पाेखरा र पाेखरा बाहिरका मनाेराेग पीडित तथा विभिन्न शारिरिक अपाङ्ग रहेका व्यक्तिहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै डा.भाेजराज न्याैपानेले यस प्रकारकाे कार्यक्रमले बिरामीहरुकाे आत्मबल विकास हुने र स्वस्थ जीवन जिउन प्रेरित गर्ने कुरा बताए । साथै, उनले बिजी अस्पताल पाेखराले बिरामी तथा अशक्तहरुलाई पुनर्स्थापन गर्न समय समयमा रचनात्मक कार्यक्रम गर्दै आएकाे बताए ।
कार्यक्रममा प्राडा लामिछानेकाे मनाेराेग जनचेतनात्मक म्यूजिक भिडियाे बीस-उन्नाईस पनि विमाेचन गरिएकाे थियाे । सूचनामूलक साे म्युजिक भिडियाे बिजी अस्पतालकाे युट्यूब च्यानलमा हेर्न सकिन्छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो