पोखरा लेकसाइडको डिहिकोपाटनमा मार्फा थकाली भान्छा घर सञ्चालनमा आएको छ । पोखराको गैह्रापाटनमा ‘स्टेशन द फुड क्लब’ सञ्चालन गर्दै आएका आयुष श्रेष्ठले ‘मार्फा थकाली बाइ स्टेशन’ सञ्चालनमा ल्याएका हुन् ।
आफ्नै भवनबाट संचालनमा आएको थकाली भान्सा घरमा दुई करोड लगानी भएको निलिमा हिराचन श्रेष्ठले बताइन् । आज विजयादशमीको घटस्थापनाको दिनबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको मार्फा थकालीमा नाम मात्रैको थकाली नभई स्वादसहितको थकाली खाना ग्राहकले पाउनेछन् ।
रेष्टुरेन्टमा आवश्यक पर्ने फापर, आलु, दाल लगायत मार्फाबाट ल्याइनेछ । यसका अलावा पोखरा तथा यस आसपासका अर्गानिक खानेकुरा स्वाद दिने प्रयासमा रहेको आयुषले बताए । उनले फेवाफाँटको जेठोबुढो, जुम्लाका मार्सी लगायतको ग्राहकको माग अनुसारको खाना समेत उपलब्ध गराउने बताए ।
मार्फामा नै उत्पादन भएको फापर, आलु र दालको स्वाद ग्राहकलाई उपलब्ध गराउने लक्ष्य छ । यसका अलावा पोखरा तथा यस आसपासका अर्गानिक खानेकुरा समेत पाइनेछ । ग्राहकले आफूले रोजेको चामलको खाना खान ३० मिनेट कुर्नुपर्ने उनले बताए ।
मार्फा थकालीमा ग्राहकका लागि रेट पनि सस्तो नै राखिएको छ । बजारका अन्य थकाली रेष्टुरेण्ट भन्दा सुलभ दरमा खाना खान ग्राहकले पाउनेछन् । सादा थकाली खानाको ३ सय ५० रुपैयाँ, चिकेन थकाली खानाको ५ सय रुपैयाँ र मटन थकाली खानाको ६ सय रुपैयाँ तिर्नुपर्नेछ । थकाली खानासँगै थकाली ब्रेकफास्टको आइटम समेत उपलब्ध गराइने आयुशले जानकारी गराए । जसका लागि दुई सय रुपैयाँदेखि माथिको मुल्य निर्धारण गरिएको छ ।
एक पटकमा १ सय जना सम्मलाई खाना खुवाउन सक्ने क्षमता भएकाले भोक मेटाउने थलो मार्फा थकाली बन्न सक्ने विश्वास निलिमा हिराचन श्रेष्ठको छ । मार्फा थकालीमा १० जनाले रोजगारी पाएका छन् ।
स्टेशन द फुड क्लब जत्तिकै सफलता मार्फा थकालीलाई मिल्नेमा उनीहरु आशावादी देखिन्छन् । मन्दीका बेलामा पनि आयुष निलिमाले समस्याबाट नभागी समस्यासँग जुधेर नै व्यवसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन