पोखरा । कास्की दरबारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरिएको छ । परापूर्व कालदेखि दशैँमा पाणा पुजारी नवरात्र भर दरबारमा बस्ने गर्दछन् ।
विश्व शान्तिको कामना गर्दै हिजो भारद्रारी चौतारामा जम्मा भई मन्दिरमा घटस्थापना गरिएको गुप्तकाली काश्य धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव समेत सुरु भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।
परापूर्व कालदेखि तान्त्रिक तथा वैद्धिक पूजा हुँदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मिक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए ।
नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् । यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा सुरु भएको छ । बडा दशैंको फुलपातीमा पोखराको रामघाटबाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुँवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालिकामा फुलपत्र सहित पूजा विर्सजन हुने छ । यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत हुने छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो