कक्षा १२ पछि आइएसएमटी कलेज नै किन रोज्ने ?

नेपालमै बसेर कम खर्चमा ग्लोबल डिग्री

कक्षा १२ पछि आइएसएमटी कलेज नै किन रोज्ने ?

प्रविधिमैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज

ISMT-College-Pokhara-wasti

इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेज नेपालका ४ मूख्य शहरहरुमा सञ्चालनमा रहेको छ ।काठमाडौंको तीनकुनेमा रहेको आइएसएमटी कलेजले पोखरा, चितवन र विराटनगरमा शाखा स्थापना गरेर अध्यापन गराइरहेको छ ।

सुन्दर नगरी पोखराको नयाँगाउँ स्थित अन्नपूर्ण मार्गमा अवस्थित आइएसएमटी कलेज पोखरा, बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो । आइएसएमटी कलेजका बिजनेस डेभलपमेन्ट हेड बासुदेव वस्तीका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज प्रतिबद्ध छ ।

व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि पछिल्लो समय आइएसएमटी कलेजमा विश्वास बढ्दै गएको कलेजको ठहर छ । यस कलेजले नेपाली विद्यार्थीलाई नेपालमै बसेर कम लागतमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री उपलव्ध गराउँदै आइरहेको छ ।

आइएसएमटी कलेज पोखरामा हाल बिएससी आइटी, बीबीएको पढाइ भइरहेको छ । आईटीतर्फ कम्प्युटर सिस्टम ईञ्जिनियरिङ अन्तर्गत इथिकल ह्याकिङ, साइबर सेक्युरिटी, एन्ड्रोइड मोबाइल डेभलपमेन्ट र आर्टिफिसियल इन्टेलेजेन्स (एआई) का कक्षा भइरहेको छ । यसै वर्षदेखि बीएचएम कार्यक्रम सुरु गर्दैछ । एमबीए पनि छिट्टै संचालन गर्ने तयारीमा कलेज रहेको आइएसएमटी कलेज पोखराका अपरेसन म्यानेजर शिव पौडेल बताउँछन् ।

यसै कलेजका बारे विस्तृतमा आइएसएमटी कलेजका बिजनेस डेभलपमेन्ट हेड बासुदेव वस्तीसँग गरिएको कुराकानी

विद्यार्थीले आइएसएमटी कलेज नै किन पढ्ने ?

कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थी ब्याचलर लेभल पढ्न आइएसएमटी कलेजमा अवसर पाउन सक्नेछन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा १०० प्रतिशत सम्म छात्रवृति दिने प्रावधान रहेको छ ।

बासुदेव वस्ती, बिजनेस डेभलपमेन्ट हेड

समग्र पोखराको शिक्षालाई गुणस्तरीय बनाउन आइएसएमटी कलेज लागिरहेको छ । गुणस्तरीय शिक्षा प्रदान गरी सभ्य समाज निर्माणमा एक ईटा थप्न आइएसएमटीको भूमिका महत्वपूर्ण सावित भएको छ ।

नेपालमै बसेर कम लागतमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री, बेलायत, अस्ट्रेलिया र क्यानडाका विभिन्न युनिर्भसिटीमा क्रेडिट ट्रान्सफर, आफ्नै विधामा उच्च पदमा काम गरिरहेका दक्ष जनशक्ति, बजारमा माग भएका सीप सम्बन्धी वर्कसप, सेमिनारहरु विभिन्न दक्षता भएका विशेषज्ञबाट गरिने यस कलेजको मुख्य विशेषता हो ।

आइएसएमटी कलेजले विद्यार्थीलाई दिने अर्को विशेष सुविधा भनेको क्रेडिट ट्रान्सफर हो । विद्यार्थीलाई आफ्नो पढाइको केही वर्ष यहाँ पढ्ने र बाँकी शिक्षा बेलायत, अस्ट्रेलिया र क्यानडाका विभिन्न युनिर्भसिटीबाट पुरा गर्न सकिने व्यवस्था समेत कलेजले उपलब्ध गराउँछ । यसले नेपाली विधार्थीलाई आर्थिक रुपमा पनि सहज हुने र विदेशका युनिर्भसिटीको पढाईको सिस्टम नेपालमै बानी परेको हुनाले बाहिर गएर पढ्न पनि सजिलो हुन्छ।

अष्ट्रेलियाको क्याथोलिक यूनिभर्सिटीमा क्रेडिट ट्रान्सफर भएका विजय गुरुङलाई बिदाई गर्दै कलेज परिवार

के छ आइएसएमटीमा ?

आइटी र म्यानेजमेन्टलाई जोडेर हेर्दा आइएसएमटी नेपालमा भएका कलेजहरुमध्ये उत्कृष्टमा पर्छ । हामीले फरक र उत्कृष्ट भनेर दावी गर्नु भन्दा पनि मार्केटले बोल्ने चिज हो । हामीले मार्केटलाई विश्वास गर्छौं । हामीले जे दिएका छौं मार्केटले त्यही बोल्ने हो ।

हाम्रो दावी आफ्नो ठाउँमा होला । युकेको शिक्षा नेपालमा डेलिभरी गर्छौं । एउटा प्लस टु गरेको विद्यार्थीले युके गएर ब्याचलर गर्छ त्यही कोर्स हामीले यहीँ उपलब्ध गराउँछौं । विद्यार्थी फिजिकल्लीमात्र यहाँ हुन्छ बाँकी सबै उसको युकेकै हुन्छ ।

आइएसएमटीमा आंशिक र पूर्णकालिन गरेर सयौंको संख्याका शिक्षकहरुले अध्यापन गर्ने गर्दछन् । कलेजमा अध्यापन गर्ने अधिकांश शिक्षकहरु विदेशी विश्वविद्यालयमा डिग्री अध्ययन गरेका र सम्बन्धित विषयमा कुनै न कुनै व्यवसाय तथा उद्यमसँग जोडिएका रहेका छन् । जसले गर्दा विद्यार्थीलाई प्रत्यक्ष रुपमा व्यवहारिक ज्ञानको प्रदान गर्न सजिलो भएको छ ।

आइएसएमटीमा पढ्ने विद्यार्थीहरुले आफ्नो अनुकुल समय मिलाएर बिहान वा दिउँसोको समय छानेर पढ्न सक्छन् । विद्यार्थीहरुलाई पढ्दा मानसिक रुपमा तनाव नहुने प्रकारको भौतिक तथा कक्षा कोठाको वातावरण बनाइएको छ । जुनसुकै विषय लिएर पढ्ने विद्यार्थीका लागि पनि कलेजले ल्यापटप अनिवार्य गरेको छ । पठनपाठनको लागि कक्षाकोठामा अधिक मात्रामा मल्टिमिडिया तथा डिजिटल प्रविधिको प्रयोग गरिन्छ ।

कलेजले सञ्चालन गरेका सबै विषयहरु सेमेस्टर प्रणालीमा रहेका छन् पढ्ने क्रममा विद्यार्थीले आँफै छोड्ने अवस्था बाहेक शतप्रतिशत विद्यार्थी नै पास हुने गरेका छन् । सबै विषयहरुको कक्षा ८० प्रतिशत भन्दा धेरै प्रयोगात्मक शैलीमा पढाइन्छ ।

विद्यार्थी विश्वविद्यालयको नियमअनुसार भर्ना भइसकेपछि निरन्तरताको कुनै परिक्षामा कुनै कारणले छुट्न पुग्यो भने सो विद्यार्थीलाई विश्वविद्यालयले तुरुन्तै परिक्षा दिने अवसर दिने गर्छ । सन्डरल्यान्डले विद्यार्थीको परिक्षा लिने विधि पनि नेपाली विश्वविद्यालयहरुको ढाँचासँग मिल्दैन ।

हाम्रो परीक्षा अनलाइन बेसमा हुँदैन । सबै विषयको रिसर्च बेसमा हुन्छ । नेपालको शिक्षामा २–३ घण्टा परीक्षा केन्द्रमा बसेर दिएको जाँचको नतिजालाई आधार गरिन्छ । त्यो गलतहो । अहिलेको अन्तर्राष्ट्रिय शिक्षाले आधिकारिक र जेन्यून मान्दैन ।

किन त भन्दा उसले ३ घण्टा हलमा बसेर लेखेको चिजमा रिसर्ज हुँदैन । त्यो त गाइडेड हुन्छ । सीमित हुन्छ । रिसर्ज एसाइनमेन्टबाट नै विद्यार्थीको नतिजा आउने हो । तसर्थ आइएसएमटीको शिक्षा उत्कृष्ट छ भनी दावी गर्न सकिन्छ ।

आइएसएमटीमा १०० प्रतिशत नै रिसर्च बेसमा पढाउँछौं । सबै विषयको ‘इन्डस्ट्री बेस्ड करिकुलम’ (उद्योगमा आधारित पाठ्यक्रम) छ । जसले गर्दा एउटा विद्यार्थी पासआउट भएर मार्केटमा जाँदा पनि १०० प्रतिशत काम गर्न सक्छु भन्ने आत्मविश्वास हुन्छ । मसंग यो स्किल छ र म यस्तो तरिकाले पर्फम गर्न सक्छु भन्ने दाबी गर्न सक्छ ।

पढ्ने दौरानमा नै विद्यार्थीले त्यो चिज जानिसकेको हुन्छ । रिसर्च बेस पढाइ, ब्रिटिश करिकुलम, स्ट्रङ इन्डस्ट्री बेस्ड करिकुलम (मार्केटले जस्तो चाहन्छ त्यस्तै दिने) रहेको छ । यी तीन आधारमा पढाइ हुने भएकाले आइएसएमटीको पढाइ बेस्ट छ ।

नेपालमा हामीभन्दा सिनियर्सले जे पढिरहनु भएको थियो २० वर्षअघि अहिले हामीले त्यही पढाइरहेका छौं । केही परिवर्तन हुन्न । मार्केट कहाँपुगिसकेको हुन्छ नेपाली शिक्षा जहीँको तहीँ हुन्छ । तर युकेमा त्यस्तो हुन्न । उनीहरुको मार्केट अनुसार पढाइ हुन्छ । त्यसैले त दुई दुई वर्षमा करिकुलम नै चेन्ज हुन्छ ।

उनीहरुले पाँचवर्षमा कस्तो किसिमको म्यानपावर मार्केटलाई चाहिन्छ भनेर पढाउँछन् । त्यही चेन्जभएको करिकुलम हामी पढाउँछौं । तसर्थ आइएसएमटीमा पास भएको विद्यार्थीले ग्लोबल मार्केटमा जहाँ पनि काम पाउँछ । विद्यार्थीले आफ्नो डिमान्ड पनि क्रिएट गर्न पाउँछ ।
हामीकहाँ फेल भन्ने शब्द नै हुँदैन । हामी विद्यार्थीलाई साइकोलोजिकल ट्रिट गर्छौं । उनलाई कन्स्ट्रक्टिभ तरिकाले पनि मोटिभेट गर्छौं र उसलाई लायक बनाएर मात्र पास आउट गर्छौं । एक दिनमात्र परीक्षा दिएर पास वा फेल हुने होइन ।

यहाँ पढेका विद्यार्थीलाई अवसर के छ ?

आइएसएमटी कलेजमा पढेका शतप्रतिशत विद्यार्थी रोजगारीमा छन् । नेपालमा रहेका बीएससी आईटी, बीएचएम र बीबीए पढाइ हुने कलेजहरुमा आइएसएमटी उत्कृष्ट छ । यस कलेजमा पढेका विद्यार्थीहरु अहिलेसम्म बेरोजगार हुन परेको थाहा छैन । कतिपय विद्यार्थीहरु स्वरोजगार भएर आफैले कम्पनी सञ्चालन गरेका छन् ।

आइएसएमटीमा पढेका विद्यार्थीले विश्वको जुनसुकै कुनामा पनि काम पाउनेछन् । बेलायती विश्वविद्यालयसँग सम्बन्धन रहेको पाठ्यक्रमअनुसार कक्षाहरु संचालन हुने भएकाले विश्वको जुनसुकै विश्वविद्यालयमा पनि अध्ययन गर्न पाउने छन् ।

आइएसएमटी कलेजको अर्को विशेषता भनेको यहाँको दक्ष जनशक्ति पनि हो। यहाँ पढाउने शिक्षकहरु धेरै वर्ष देखि आफ्नै विधामा उच्च पदमा काम गरिरहेका छन् । विद्यार्थीलाई कितावी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान दिइन्छ ।

कलेजले दैनिक पाठ्यक्रमसँगै बाहिर बजारमा माग भएका सीप सम्बन्धी वर्कसप, सेमिनारहरु विभिन्न दक्षता भएका विशेषज्ञबाट गराउँदै आएको छ । बेला बेलामा विद्यार्थीले पढेका कुरा कसरी व्यवहारमा उतारिन्छ त्यसको अवलोकन भ्रमण समेत कलेजले गराउने गरेको छ । कमजोर विद्यार्थीलाई विशेष ध्यान दिएर अघि बढ्नको लागि प्रेरित गर्ने कुरामा कलेज अगाडि नै छ ।

कलेजका थप विशेषता ?

मानसिक, सामाजिक, स्वास्थ्य समस्या सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी मोटिभेसन दिने काम कलेजले गर्दै आएको छ । मनोरञ्जनका लागि होली, तीज लगायतका पर्वमा विभिन्न सांगीतिक कार्यक्रमको समेत आयोजना गरिन्छ । जसले विद्यार्थीको आन्तरिक क्षमतालाई समेत माथि उठाउन मद्धत पुगेको छ । हरेक वर्ष खेलकुद सप्ताह गर्दै आइरहेको छ ।

विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउन विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान, डेन्टल क्याम्प, वृक्षारोपण लगायतका कार्यक्रमको आयोजना समेत गरिएको छ । विद्यार्थीको नेतृत्व विकासमा समेत ख्याल गरिएको छ ।

व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि आइएसएमटी कलेजमा विश्वास बढ्दै गएको पाइन्छ । यस कलेजले नेपाली विद्यार्थीलाई नेपालमै बसेर कम शुल्कमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ