न्युरोडको सिटि स्क्वायरमा फर्निचर मेला सुरु

न्युरोडको सिटि स्क्वायरमा फर्निचर मेला सुरु

news photo

पोखरा । फर्निटेक नेपाल प्रालिले पोखराको न्युरोड स्थित सिटि स्क्वायर ब्यान्क्वेटमा फर्निचर एक्सचेञ्ज सहित प्रदर्शन सुरु गरेको छ ।

कार्तिक १ गते देखि तीन दिन सम्म चल्ने उक्त अफरमा कुनै पनि फर्निचरका सामाग्रीमा ३० देखि ६० प्रतिशत छुटमा प्रीमियम क्वालिटिका सोफा बिक्रिमा राखिएको छ ।

जनसमुदायको राम्रै चासो रहेको मेलामा फर्निचरमा ५ बर्षको वारेन्टी दिइएको उनले बताए । प्रदर्शन गरिएका फर्निचरहरुको गुणस्तर एवम् कालिगडी उच्चस्तरीय रहेको कम्पनीका संचालक कृष्ण बरालले बताए ।

चितवनमा केन्द्रिय कार्यलय रहेको उक्त प्रालिले पोखरामा पनि आफ्नो फर्निचर ब्यापार बिस्तार गर्ने योजना बनाएको अध्यक्ष अमर घिमिरेले बताए । चितवनमा फर्निटेक नेपाल प्रालि फर्निचर ब्यबसायमा नाम चलेको कम्पनी रहेको पनि उनले दाबी गरेका छन् ।

मेलामा ५० हजार देखि ४ लाख सम्मका सोफा सेट राखिएको छ । उच्च गुणस्तरका फर्निचर सामाग्रीको उपभोक्ताले खोजे अनुसार उपलब्ध गराउन पोखरामा तीस प्रतिशत छुट्का साथ बिक्रि बितरण सुरु गरिएको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds