पोखरा । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जना गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम कात्तिक १९ गतेदेखि आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ ।
प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।
प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।
प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।
प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।
प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु