काठमाडौं। कुटपिट गरी भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले एक रेष्टुरेन्टका संचालक सहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाण्डौ महानगरपालिका -२७ ठमेलस्थित ‘वाल्डो’ होटलमा बस्दै आएका दुई जना भारतीय नागरिकको नगद लुटपाट गर्ने माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासहित तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतीय नागरिकलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटलबाट ट्याक्सीमा माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गर्न लगाएको खुलेको छ।
आफूहरू लुटिएको भन्दै प्रहरीमा उजूरी गरेपछि प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलिले लामासहितको टोलीलाई बालाजु चोकबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट बा ८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्ड वरामद गरेको छ ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?