तनहुँमा अरिंगालले चिलेर राजकुमारको मृत्यु

तनहुँमा अरिंगालले चिलेर राजकुमारको मृत्यु

धनबहादुर घाइते

aringal

तनहुँमा अरिंगालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भानु नगरपालिका– ७ रम्गाटार स्थित जंगलमा आइतबार राती ११ः५५ अरिंगाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फलाखेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् ।

दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइतेमध्ये राजकुमारको बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds