नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा सानदार विजयी सुरुवात गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पाहुना टोली सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक पारी खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ७४ रनको योगदान गरे । उनलाई सुरुवातमा राम्रो साथ दिएका अर्का ओपनर आसिफ शेख २ चौका र १ छक्का प्रहार गरेर २७ रन जोड्दै आउट भए ।
साथै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा भने कुशल मल्लले ६ रन जाेडे। सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले एक-एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले ४५ रन बनाए । मनप्रित सिंहले २४ रनको योगदान गर्दा आर्यवीर चौधरीले ३७ रन जोडे। अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे ।
नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई/दुई विकेट हात पारे ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
सम्बन्धित खबर
क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
साफ यू–२० महिला च्याम्पियनसिपमा भूटानलाई ६–१ गोल अन्तरले हराउँदै नेपालको विजयी सुरुवात
क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने
पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा
पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा