पोखरा । पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको साथै जनसेवाका कार्यमा कहिल्यै पछि नहट्ने कास्की प्रहरी प्रमुख थापाले प्रतिवद्धता जनाए ।
पोखरामा अहिले विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यका सचिवालय प्रमुख पुर्ण लामाले जीवनदान जस्तो पुण्यको काममा सहभागिता जनाउनेप्रति धन्यवाद ज्ञापन गरेका थिए । पोखरामा रगतको अभाव हुन नदिन रक्तदानको कार्यक्रम आयोजना गर्न संघ, संस्थाहरुलाई उनले आग्रह समेत गरे ।
कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देबेन्द्र सुबेदीले आकस्मिकरुपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता प्रति धन्यवाद व्यक्त गरेका थिए । पोखरामा रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रममा वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबले समन्वय गरेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह