काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो ।
जितसँगै समूहगत चरणको अन्तिम खेलअगावै नेपाल र ओमान प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाउँदा मलेसिया र सिंगापुर भने बाहिरिएका छन्।
ओमानले पनि जारी प्रतियोगितामा लगातार दुई जित हासिल गरिसकेको छ । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो ।
दोस्रो खेलमा मंगलबार ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । समूहगत चरणको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको र मलेसियाले सिंगापुरको सामना गर्नेछन् । त्यो खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।
मंगलबारको खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२ बल अगावै १८ ओभरमा चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा कुशल मल्लले ६५ रनको योगदान गरे । उनले केवल ३४ बलको सामना गरी सात छक्का र दुई चौका हिर्काए । दोस्रो विकेटका लागि कुशल मल्ल र आशिफ शेखले ६७ रनको साझेदारी गरे। मल्ल १७ औं ओभरको पाचौं बलमा मुहम्मद अमिरको बलमा क्याच आउट भए।
३४ बलको सामना गरेका कुशलले २ चौका र ७ छक्का हाने। सुदिप जोरा १८ र विवेक यादव २ रनमा नटआउट रहे। ओपनर कुशल भुर्तेलले ४३ रन बनाउँदा क्याच आउट भए। २५ बलको सामना गरेका कुशलले ४ चौका र ४ छक्का प्रहार गरे। आशिफ शेख ३२ रनमा क्याच आउट नै भए। २३ बलमा १ चौका र २ छक्का हानेका आशिफ मुहम्मद अमिरको बलमा क्याच आउट भए। कप्तान रोहित पौडेल २ रन बनाउँदा क्याच आउट नै भए। मलेसियाका लागि मुहम्मद अमिरले तिन तथा पवनदिप सिंहले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको छ।
मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए। ४९ बलको सामना गरेका अजिजले ८ चौका र २ छक्का प्रहार गरे। १५ औं ओभरको चौथो बलमा गुलसन झाको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। जुवैदी जुलकिफ्ली २४ रन बनाउदा अविनास बोहोराको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। सरविन मुनियान्डी १३ रनमा क्याच आउट भए।
पहिलो विकेटका लागि साइद अजिज र जुवैदी जुलफीक्रीले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। विजय उन्नी १३ रनमा नटआउट रहे। मलेसियाका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। नेपालका लागि अविनास बोहोरा एक्लैले चार विकेट लिए। अविनासले आफ्नो स्पेलमा २७ रन खर्चे। सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहिबार ओमानसँग खेल्ने तालिका छ। खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा नै हुनेछ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो