तस्बिर : अर्जुन थापा
काठमाण्डौ। अक्टाेबर महिनामा नेपालमा १ लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बाेर्डका अनुसार अक्टाेबरमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । यो संख्या काेराेना महामारी शुरु हुनुअघि सन् २०१९ काे तुलनामा ६ प्रतिशतले धेरै हाे ।
नेपाल भ्रमणमा आउने मध्ये सबैभन्दा धेरै पर्यटक छिमेकी देश भारतका छन्।अक्टाेबरमा मात्र भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् ।
यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् ।
पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसाय कोभिड अगाडिकै अवस्थामा फर्कन थालेको छ । मनाङ, मुस्ताङ लगायतका गन्तव्यमा पर्यटकको उच्च चापले व्यवसायीले पहिले होटल बुक गरेर मात्र पर्यटकलाई आउन सल्लाह दिएका छन्।
सम्बन्धित खबर
वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?
यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना
माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लक्ष्मी पक्राउ
तीन विधामा २०८० सालको अन्तर्दृष्टि पुरस्कार घोषणा
आज देशभरको मौसम कस्तो रहन्छ?
इलामबाट बनभोजका लागि नमस्ते झरना जाँदै गरेको बस दुर्घटना
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका