पोखरा । पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको संवृद्धि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार तालचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । रगतको अभाव भएपछि रक्त सञ्चार केन्द्रको आब्हानमा भएको रक्तदान कार्यक्रममा नयाँ र पुराना गरी ६७ जना रक्तदाताले रक्तदान गरेका हुन् ।
पहिलो रक्तदाता कुमार पण्डित क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारंभ गर्दै, पोखरा महानगपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अझै पनि रक्तदानका विषयमा मानिसहरुमा चेतनाको अभाव रहेको बताए । हरेक स्वस्थ नागरिकले तीन/तीन महिनामा रक्तदान गर्न सकिने उल्लेख गर्दै, संघसंस्थाले पनि बार्षिक र आकस्मिक तालिका बनाउन आग्रह गरे ।
अध्यक्ष थापाले गर्न सकिने काम र विषयमा मात्र बोल्न आग्रह गर्दै, बोलेपछि त्यसलाई पुरा गर्ने योजना बनाउन आग्रह गरे । उनले पछिल्लो समय सहकारीहरुको वित्तिय अवस्था सन्तुलित नभएको हल्ला बजारमा आईरहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र के.सी ले रक्तदानको सोचमा परिवर्तन ल्याउन आग्रह गर्दै, घरघरमा रगत उत्पादन गर्ने व्यक्तिहरु भएपनि त्यो खेर गैरहेको उल्लेख गरे ।
सहकारी संस्थाका अध्यक्ष सुमन भट्टराईले डेँगु रोगका कारण रगतको आवश्यकता बढ्दा रक्त संचार केन्द्रले आग्रह गरेका बेला कार्यक्रमको आयोजना गरिएको बताए । उनले रगत अभावको समयमा सहयोगका लागि तत्पर रहन शेयर सदस्य एवं रक्तदाताहरुलाई आग्रह गरे । संस्थाका सचिव नवराज तिवारीले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, निर्वतमान अध्यक्ष छत्रधर आत्रेय, पूर्वअध्यक्ष बलराम ढकाल, सहकारी अध्यक्ष सुमन भट्टराई लगायतले रक्तदान गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन