पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि सहयोग गर्न तयार रहेको जनाएको छ ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट धनजनको क्षति भएको स्थानमा राहत र उद्धार कार्यका लागि सहयोग गर्न महानगर तयार रहेको मेयर धनराज आचार्यले बताएका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जालमा सूचना जारी गर्दै पोखरा महानगर स्थानीय प्रशासनसँग सम्पर्कको प्रयासमा रहेको उल्लेख गरेका छन् ।
राहत तथा उद्धारमा थप सहयोग जरुरी भएमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको र त्यसका लागि विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकिएको मेयर आचार्यले बताएका छन् ।
‘स्थानीय प्रशासनसँग सम्पर्कको प्रयासमा छौँ । राहत तथा उद्धारमा थप सहयोग जरुरी भएको खबर भएमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको छ । यसको लागि आवश्यक संयोजन र सम्पर्क गर्न विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकिएको छ,’ मेयर आचार्यले लेखेका छन् ।
मेयर आचार्यले भूकम्पमा परि ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न आह्वान गरेका छन् । उनले पोखरा -जाजरकोट, पोखरा – रुकुम समाजका पदाधिकारी एवम् सदस्यहरूलाई सम्पर्कमा आउन अनुरोध समेत गरेका छन्।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो