काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँ पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।
उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । ‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ’, उनले भने ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए । उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गरे ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः२९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ ।
यो भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको ज्यान गइसकेको छ भने दुई सय जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
सम्बन्धित खबर
अबदेखि बैंकपिच्छे ‘केवाइसी’ भरिरहन नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै हुने
घुस डिल प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै, राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुस्
त्रिविको सर्भर डाउन, अनलाइनबाट गर्नुपर्ने कामहरु प्रभावित
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा