भाइटीकाको साइत कात्तिक २९ गते १०:५१ बजे शुभ

शुभ साइत

भाइटीकाको साइत कात्तिक २९ गते १०:५१ बजे शुभ

तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने

tihar-bhai-tika-750×375

पोखरा । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १० बजेर ५१ मिनेटमा परेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । यस्तै, २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा÷म्हः पूजा, २९ गते भाइटीका परेको छ ।

तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds