पोखरा । मौलिक तथा राष्ट्रिय संवत नेपाल संवत् ११४४ लाई पोखरामा भिन्तुना र्यालीसहित स्वागत गरिने भएको छ । नेवा खलः कास्कीले विविध कार्यक्रम गरी नेपाल संवतलाई स्वागत गरिने जानकारी दिएको हो ।
नेवाः खल कास्कीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमहरु सार्वजनिक गरेको छ । आगामी कार्तिक २८ गते म्हः पूजाका दिन पोखराका विभिन्न स्थलहरुमा पुगेर र्याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
उनका अनुसार उक्त दिन बिहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि ८ बजे कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायहरुको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्याली निकालिने छ ।
पृथ्वीचोकबाट सुरु हुने उक्त र्याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिनेछ । भिन्तुना र्यालीको अवसरमा आयोजना गरिने कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रहनेछन् ।
र्यालीमा सहभागी हुने समूहहरुलाई जातीय सांस्कृतिक पोशाक सहित उपस्थित हुन अध्यक्ष पालिखेले आग्रह गरेका छन् ।
पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार गर्ने उद्देश्यले र्याली आयोजना गर्न लागिएको नेवाः पत्रकार पुचः कास्कीकी अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिईन् ।
उक्त र्यालीमा उत्कृष्ट हुने समूहहरुमध्ये प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समुहलाई नगद ५÷५ हजार पुरस्कारको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ ।
नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्ने तथा आपसी भाइचाराको विकास गरी आत्मीयता कायम गर्ने उद्देश्यले ¥याली निकाल्न लागिएको आयोजकको भनाई छ ।
नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक संवत हो । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । हाल नेवार समुदायले नेपाल सम्बत् नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने कान्तिपुर, पाटन र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्वत चलाएका हुन् ।
सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’