म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा मोटरसाइकलसहित खस्दा जर्मन नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बिहिबार म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाईकल साँझ म्याग्दीको अन्नपूर्ण —३ काभ्रेभीरमा दुर्घटना हुँदा जर्मनका नागरिक मनड्रक बिकीको मृत्यु भएको हो ।
म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको शव भीरमै अड्किएको थियो । मोटरसाइकल भने कालीगण्डकीमा खसेको थियो ।
मोटरसाइकल खसेर जर्मन नागरिक भीरमै अड्किएको सूचना पाएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाग्लुङ,म्याग्दी र सशस्त्र प्रहरीको करिव २० जनाको टोली बिहिबार रातीनै उद्दार सामाग्रीसहित घटनास्थल पुगेको थियो । मुस्ताङबाट पनि नेपाली सेनाको टोली उद्दार गर्न पुगेका थिए ।
राति उद्दारमा खटिएको सुरक्षाकर्मीको टोलीले डोरीको सहायताले जर्मन नागरिकको शव बाहिर निकालेको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए । त्यहाँ सुरक्षाकर्मीसंगै म्याग्दी दानाका यात्रुका सारथी ईन्द्रसिंह शेरचन पनि उद्दारमा खटिएका थिए ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकखण्डको सबैभन्दा जोखिमयुक्त स्थान काभ्रेभीर हो । त्यहाँ चट्टान काटेर सडक विस्तार गरिएको छ ।
- सुन्दरकुमार थकाली, तस्वीरः प्रकाश शेरचन
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा