नेपाल रेडक्रस सोसाइटी कास्कीको पहलमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ मा नयाँगाउँ सावेतमा खानेपानी तथा सरसफाइ योजना निर्माण भएको छ । युनिका फाउन्डेशन दी नेदरल्यान्ड तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यवहाक सभापति धर्मराज अधिकारीले जानकारी दिए ।
रेडक्रस कास्कीका मन्त्री तथा परियोजनाका टिम लिडर सुरेन्द्र गुरुङले युनिका फाउन्डेसन दी नेदरल्यान्डको ५० लाख ८६ हजार २ सय ४०, अन्नपूर्ण गाउँपालिकाको ८ लाख ३८ हजार ३ सय ६८ र स्थानीय समुदायको १४ लाख ५७ हजार ८ सय ३४ समेत गरी ७५ लाख २६ हजार ४ सय ८३ रुपैयाँ लागतमा खानेपानी योजना निर्माण भएको बताए । खानेपानी तथा सरसफाई योजनाको लागि रेडक्रस कास्कीको १ लाख ४४ हजार बराबरको सहयोग रहेको छ ।
स्थानीय सेबोखोलाबाट ल्याएको खानेपानीबाट नयाँगाउँका १ सय ९६ जना लाभान्वित भएका छन् । परियोजनाको एक घर, एक धारा कार्यक्रम अन्तर्गत ४६ घरधुरी र १ सामुदायिक धारा जडान गरिएको छ ।
युनिका फाउन्डेसन दी नेदरल्यान्डका कोषाध्यक्ष बार्त मोजरले धारा खोलेर खानेपानी योजना उद्घाटन गरे । उनले संस्थाले एकता, सहकार्य र सामुदायिक भावनामा विश्वास गर्ने बताए । उनले संस्थाले सन २००७ देखि नेपाली जनताको हितमा काम गरेको उल्लेख गरे । उनले आजसम्मको यात्रा अमूल्य साझेदारीको यात्रा भएको टिप्पणी गरे ।
‘आजका नायक नयाँ गाउँका बासिन्दा हुन् । तपाईको काममा ईंट्टा थप्न हामी आएका छौं,’ उनले भने, ‘हामीले गरेका प्रतिज्ञालाई नवीकरण गरौं । साझा उद्देश्य र लक्ष्यमा काम गरौं ।’ उनले एकता, करुणा साझेदारीको आधारशीला भएको बताए । उनले खानेपानी तथा सरसफाई योजनाले नयाँ गाउँका जनताको शिक्षा, स्वास्थ्य र उद्यमशीलताको विकास गर्न सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । कोषाध्यक्ष मोजरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल रेडक्रसले इमान्दारीका साथ काम गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले योजनाले स्थानीयको आयआर्जन र जीवनस्तरमा सुधार ल्याउने बताए । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भरतमान गुरुङले पानी नभएको ठाउँमा जीवन नहुने उल्लेख गरे । उनले पालिकाको आन्तरिक आय कम भएता पनि तीन खानेपानी योजनामा १०÷११ प्रतिशतका दरले साझेदारी गरेको जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा घर घरमा खानेपानी पाउँदा अत्यन्तै हर्षित भएको बताए ।
खानेपानी आयोजनाको उद्घाटन समारोहमा युनिका फाउन्डेसन दि नेदरल्यान्डका राष्ट्रिय निर्देशक रमेश पौडेल, अन्नपूर्ण गाउँपालिका कार्यपालिकाका सदस्य पुष्पा पुन, नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्का, उपमन्त्री रमा कोइराला, कार्यसमितिका सदस्य कमल पौडेल, नयाँगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनिष विश्वकर्मा, सचिव दिनेश विक, नेपाल रेडक्रस सोसाइटी कास्की कार्यालय प्रमुख मोहनसिंह खड्का, परियोजना प्रमुख कल्पना ज्ञवाली लगायतले खानेपानी परियोजनाको बारेमा बोलेका थिए ।
कार्यक्रममा खानेपानी योजनाको लागि जग्गा दान गर्ने नजरमान गुरुङ र धनबहादुर परियारलाई सम्मान समेत गरिएको छ ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ