नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
गम्भीर घाइते भएका थप एकजनाको पनि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।
तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडकको पूर्वी खण्डमा ६३ किमी कालोपत्र
गण्डकीका सांसद तथा पूर्व मन्त्री मनाङेलाई ५ वर्ष जेल सजाय फैसला सर्वोच्चद्वारा सदर
रवि लामिछानेलाई अनुसन्धानका लागि १० दिन म्याद थप
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो, जिरो किलोमा समर्थकको प्रदर्शन
रवि लामिछानेलाई रिहाइको दबाब दिन रास्वपाले आज पोखरामा प्रदर्शन गर्दै
रवि र छविलाई म्याद थपका लागि आज कास्की अदालत पेश गरिँदै
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
तिहारका बेला अरिंगालले चिलेर दिदीभाइको मृत्यु