पोखरा । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङका गीता श्रेष्ठको घर निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका वडा नम्बर ३ अर्चलकोट का गीता श्रेष्ठको घरको छानो जीर्ण बन्दै गएपछि लायन्स क्लव युनाइटेड चौतारीले घरको छानो पुननिर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको हो ।
सो अवसरमा वोल्दै प्रमुख अतिथी जोन चियर पर्सन लायन जयराम आचार्यले लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले सामाजिक काम अन्तर्गत तनहुको घिरिङ गाउँपालिका अर्चलबोट स्थित गीता श्रेष्ठको घरको छानो निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गरे । लायन्स क्लवहरुले गर्ने सानो सहयोगले कोही कसैलाई टेवा पुग्ने वताउदै आचार्यले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै घरधनी गीता श्रेष्ठले लायन्यस क्लब अफ पोखरा युनाइटेड चौतारीको सहयोगले आफ्नो घरको छानो निर्माण गरिदिएकोमा धन्यवाद ब्यक्त गरे । ढुंगाको छानो रहेको आफ्नो घरको छानो जीर्ण अवस्थामा रहेकोमा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको सहयोगमा जस्तापाता हस्तान्तरण गरेर आफुलाई ठूलो गुण लगाएको श्रेष्ठको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष लायन एक नारायण गौतमले युनाइटेड चौतारीले सामाजिक कार्य अन्तर्गत यसपटक जस्तापाता हस्तान्तरण गरिएको वताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक जीएसटी कोअडिनेटर लायन राजु श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।सो कार्यक्रममा डिष्ट्रिक को चिफ लायन सुक बहादुर गुरुङ, घिरिङ गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका जुनमाया थापा, क्लबका प्रथम उपाध्यक्ष लायन शुसिल बहादुर थापा, सचिव लायन इश्वर शर्मा, सह कोषाध्यक्ष लायन सूर्य उप्रेती, लायन गणेश बहादुर खड्का, सर्भिस चियरपर्सन लायन सिद्धिकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव
पोखरामा १ करोड ३० लाख बराबरको हिरा र सुनका गरगहनासहित दुई जना पक्राउ
एसओएस हर्मन माइनर स्कुलमा योग प्रशिक्षण
एगा पोखराको कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न
‘घुमौँ पूर्व’ कार्यक्रम लिएर कोशीका पर्यटन व्यवसायी पोखरामा
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने चार चालक पक्राउ
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ