नेपाल सम्वत् ११४४ लाई पोखरामा भिन्तुना र्‍यालीसहित स्वागत [फोटो फिचर]

भिन्तुना र्‍याली

नेपाल सम्वत् ११४४ लाई पोखरामा भिन्तुना र्‍यालीसहित स्वागत [फोटो फिचर]

नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक सम्वत्

Bhintuna ryally

पोखरा । मौलिक तथा राष्ट्रिय सम्वत् नेपाल संवत् ११४४ लाई पोखरामा भिन्तुना र्‍यालीसहित स्वागत गरिएको छ । नेवा खलः कास्कीले मंगलबार बिहान भिन्तुना र्‍याली निकाली पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरेको छ ।

कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायहरुको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्‍याली निकालिएको हो ।

पृथ्वीचोकबाट सुरु उक्त र्‍याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिएको थियो । भिन्तुना र्‍यालीको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरूङ हुन् ।

पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उक्त र्‍यालीमा उत्कृष्ट हुने समूहहरु पुरस्कारको समेत व्यवस्था गरेको  छ ।

नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक संवत हो । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । हाल नेवार समुदायले नेपाल सम्बत् नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने कान्तिपुर, पाटन र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्वत चलाएका हुन् ।

सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ