कञ्चनपुरमा जुवा खेल्ने ४२ जना तीन लाख बढी रकमसहित पक्राउ

कञ्चनपुरमा जुवा खेल्ने ४२ जना तीन लाख बढी रकमसहित पक्राउ

juwa

File Photo.

कञ्चनपुर । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मंगलबारसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजारभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार सोमबार राति २ बजे विशेष सूचनाका आधारमा आधारमा भीमदत्त नगरपालिका १७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई दुई लाख ५८ हजार नगदसहित पक्राउ गरिएको हो ।

यस्तै, भीमदत्त नगरपालिका १६ मझगाउँबाट २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए । भने,  बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।

प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds