पोखरा । बाँकेको नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदी–बहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दू धर्मलाई अनुसरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।
धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताए। उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए ।
त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् ।
उनले दशैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताए । ‘हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,’ उनले भने ।
यस्तै, भाइटीकाको दिन हिजो मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका थिए। दुवै समुदायका धर्म गुरूले एकता र सद्भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
शुक्ला साहित्य प्रतिष्ठानले गर्ने राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी सुरु
आज आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै
आज असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
पोखरामा मगर समुदायको भूमे पूजा
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दाबी
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा