आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० को सुरूवात गरेको छ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
आज पहिलो दिन करदाता नल बहादुर गुरुङलाई पहिलो सेवा लिने करदाताका रूपमा आन्तरिक राजस्व कार्यालय, पोखराले सम्मान गरेको छ।
करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्ने करदाताप्रति आभार व्यक्त गरे । उनले कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू संचालन हुनेछन्।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रम अन्तर्गत यहीँ मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।
चार महिनामा झण्डै १ अर्ब ३८ करोड राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्तसम्ममा राजस्व संकलन लक्ष्यको १०१.२४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १ अर्ब ३७ करोड ८९ लाख २४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले कार्तिक मसान्त सम्ममा लक्ष्यको आयकर तर्फ २३४.३२ प्रतिशत, अन्तः शुल्क तर्फ ११६.३६ प्रतिशत र मू.अ.कर तर्फ ७७.३४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको जानकारी दिएको छ ।

सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’