आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० को सुरूवात गरेको छ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
आज पहिलो दिन करदाता नल बहादुर गुरुङलाई पहिलो सेवा लिने करदाताका रूपमा आन्तरिक राजस्व कार्यालय, पोखराले सम्मान गरेको छ।
करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्ने करदाताप्रति आभार व्यक्त गरे । उनले कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू संचालन हुनेछन्।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रम अन्तर्गत यहीँ मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।
चार महिनामा झण्डै १ अर्ब ३८ करोड राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्तसम्ममा राजस्व संकलन लक्ष्यको १०१.२४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १ अर्ब ३७ करोड ८९ लाख २४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले कार्तिक मसान्त सम्ममा लक्ष्यको आयकर तर्फ २३४.३२ प्रतिशत, अन्तः शुल्क तर्फ ११६.३६ प्रतिशत र मू.अ.कर तर्फ ७७.३४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको जानकारी दिएको छ ।

सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?