पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २९ घोतघोतेमा दृष्टिविहीन निवासमा भएको आगलागीबाट क्षति भएका पीडितलाई सामग्री वितरण गरेको छ ।
शनिबार पीडितको क्षेत्रमै पुगेर १५ हजार बराबर राहत सामग्री वितरण गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
राहतमा चामल, दाल, तरकारी, दालमोठ, चिउरा, भुजा लगायत अन्य करिव एक हप्तालाई पुग्ने गरी प्रदान गरिएको अध्यक्ष पोखरेलले बताए ।
स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा राहत सामग्री वितरण गरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय लेखा आयोगको अध्यक्ष सुनिल तिमिल्सिनासहित अनेरास्ववियुको जिल्ला स्तरीय नेताको उपस्थिति थियो ।
अनेरास्ववियु कास्कीले अस्थायी टहरा निर्माणका लागि अनेरास्ववियु जनश्रमदान गर्न पनि तयार रहेको बताएको छ ।

गत बुधबार राति दृष्टिविहीन समूह देउसीभैलो खेल्न निस्कँदा राति ९ बजेतिर आश्रममा आगलागी भएको थियो । नगद ८ लाखसहित करिब ३० लाख क्षति दृष्टिविहीन समूहको भएको थियो । ५ कोठे एक तले घरसमेत जलेर नष्ट भएको थियो ।
घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका अगरबत्ती, कपुर, पेन्सिन, डटपेनसहित सामग्री, लत्ताकपडा र नगद गत शनिबार भएको आगलागीले नष्ट भएको थियो । उक्त आश्रममा करिब ३० जना बस्छन् ।
आश्रय लिने र उद्यमका काम गर्ने आश्रम नै जलेपछि देशका विभिन्न ठाउँबाट आएका दृष्टिविहीनहरु चिन्तामा छन् ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व गृहमन्त्री तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पनि भोलिपल्टै पुगी आगलागीबाट भएको क्षतिबारे बुझेका थिए ।

सम्बन्धित समाचारः
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो