स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा १६ महिनाकी बालिकाको मृत्यु

दुर्घटना

स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा १६ महिनाकी बालिकाको मृत्यु

auto rikshwa

प्रतिनिधिमूलक तस्वीर

स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार दिउँसो वालिङ नगरपालिका–१ खहरेको भित्री सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको थियो ।

अटोरिक्सामा चालकसहित ४ जना रहेकामा अरुलाई केही नभएको र बालिका कायरा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसार घाइते कायरालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरे ।

प्रहरीले चालक र अटोरिक्सालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds