काठमाण्डौमा हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने व्यक्ति झन्डै १ करोडसहित पक्राउ

काठमाण्डौमा हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने व्यक्ति झन्डै १ करोडसहित पक्राउ

hundi

काठमाडौं। हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा प्रहरीले काठमाडौको बागबजारबाट एक व्यक्तिलाई नगद सहित पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी )ले काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संग्लग्न रहेको अभियोगमा ४८ वर्षीय रूपेश श्रेष्ठलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ ।

साथै, प्रहरीले उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सिसिटिभि एनभिआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds