माछापुच्छ्रे बैंकको अध्यक्षमा राेशन केसी नियुक्त भएका छन् । बैंकले बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हाे।
केसी पोखराका ब्यवसायी हुन्। माछपुच्छ्रे बैंक स्थापनामा केसी परिवारको महत्वपूर्ण योगदान छ। रोशनका पिता सुर्यबहादुरको पहलमा बैंक खुलेको हो।
केसी केही समयदेखि बैंकको सञ्चालक लगातार निर्वाचित भइरहेका थिए। उनी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म यही बैंकका अध्यक्ष थिए।
हाल अध्यक्षमा नियुक्त हुनु अघि उनी यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए। बीचमा बैंक कमजोर भएर स्ट्यान्डर्ड फाइनान्सलाई गाभेपछि निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतो समूह बलियो भएको थियो। महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको छ। महतोको राजीनामापछि उनी अध्यक्ष भएका हुन्।
केसी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रमा आबद्ध रहँदै आएका छन्।
माछापुच्छ्रे बैंकले हाल सातवटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिइ इकाइ र २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह