पोखरामा जारी केपि ओलि कप टि-२० क्रिकेटमा बाग्मती प्रदेशले लगातार दोस्रो जीत दर्ता गराएको छ ।
शुक्रबार भएको खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउदै १८९ रन बनायो ।
१ सय ९० रनको लक्ष्य पाएको कर्णालिले ९९ रनमै समेटिएको छ । १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । बागमती प्रदेश पाेखरामा जारी केपि ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिएका हुन् । बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले पराजित गरेको थियो ।
गण्डकीसँग एपीएफ स्तब्ध
गण्डकी प्रदेशको टोलीले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ ।
एपीएफले दिएको १०२ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले ऐतिहासिक जित दर्ता गराएको हो । गण्डकीका लागि मुकेश थापाले सर्वाधिक २५ रनको योगदान दिए । दीनेश बुढामगरले २४, गौरव विक र अविषेक थापाले ११\११ रन जोेडे ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित १८ ओभर ४ बलमा १०१ रन बनाएको थियो ।
एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक २० रनको योगदान दिए । शुक्रबार भएको पहिलो खेलमा बाग्मती प्रदेशले दोस्रो जीत दर्ता गराएको छ । बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । १९० रनको लक्ष्य पाएको कर्णालीले ९९ रनमै समेटिएको छ। १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो ।
१९० रनको लक्ष्य पाएको कर्णालीले ९९ रनमै समेटिएको छ। १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो । जितसँगै बाग्मती समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबारको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र मधेश प्रदेश भिड्नेछन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिता बिहीबार सुरु भएको हो ।
मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ ।
म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’