पोखरा । पेमा धेछेनलिङ गुम्बामा धर्म गुरु ङिमा साङपो आठौं ज्याल्सा रेन्पोर्छेद्वारा सातौं दिनको वाङ अभिषेक सम्पन्न भएको छ ।
बैदाम तामाङ सेवा लमाजले आयोजना गरिएको आठ दिने विश्व शान्ति पूजाको शुक्रबार सातौं दिनमा रेन्पोर्छे द्वारा च्याङ्ग्रेसीको वाङ अभिषेक गरियो । वाङ अभिषेकका लागि सम्पुर्ण लामा गुरुहरु र उपस्थित भक्तजनहरुलाई रेन्पोर्छे स्वंयम आफैं प्रस्थान भई भक्तजनहरुको यथास्थानमा पुगि वाङ प्रदान गरे ।
वाङ दिउंसो ३ बजेबाट सुरु भई बेलुकी ५ बजे समाप्त भएको हो ।
त्यसैगरि आज बिहान ६ बजेबाट दैनिकि पूजापाठ कार्य हुँदै छ, भने दिउंसो १ बजेबाट पुनः वाङ अभिषेक गराईने छ ।
आज विश्व शान्ति पूजाको अन्तिम दिन रहेको छ । आज बिहान ६ बजेबाट ७ बजे सम्म (रिवसाङ) पूजा भएको छ । ८ बजेबाट ११ बजे सम्म धर्म गुरु ङिमा साङ्पो आठौं ज्याल्सा द्वारा कोन्छ्योक चिदुईको वाङ अभिषेकको लागि ध्यान साधना हुनेछ ।
विश्व शान्ति पूजाको अन्तिम दिन विशेष पूजापाठ हुनेछ । त्यसैगरी प्रवचन सहित गुरु रेन्पोर्छे द्वारा दिर्घायुको लागि (छेवामे) को वाङ अभिषेक साथै शुद्ध जल पञ्चामृत नैवेद ग्रहण रहेकोछ, भने किल्खोर टासी(बिदाई) मंगल पाठ वाचन सहित आठ दिने विश्व शान्ति बृहद पवित्र पूजा समाप्त हुनेछ ।
उक्त गुम्बाको विश्व शान्ति पूजामा पुनर्जन्म लिनुभएका ६ वर्षिय टुल्कुको पनि आगमन रहेको छ । आज अन्तिम दिनमा सम्पूर्ण भक्तजनहरु उपस्थित भएमा पुनर्जन्म टुल्कुको पनि दर्शन पाउनेछ । त्यसैले पोखरामा पहिलो पटक भएको विश्व शान्ति पूजाको भोलि अन्तिम दिन सम्पुर्ण महानुभावहरुलाई आयोजकद्वारा उपस्थितिको लागि आह्वान गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह