आगलागी पीडित दृष्टिविहीनलाई क्याटवाक र ओपन हाउसको सहयोग

सहायता

आगलागी पीडित दृष्टिविहीनलाई क्याटवाक र ओपन हाउसको सहयोग

२ लाख बराबरको विक्री सामाग्री हस्तान्तरण

received_871449351140124

पोखरा । क्लब क्वाटवाक र ओपन हाउसले आगलागी भएको दृष्टिविहीन बसोबास गर्ने आश्रमलाई सहयोग गरेको छ

दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला तिहारको अघिल्लो रात आगलागी भएको थियो।

पोखरामा रहेको क्लब क्वाटवाक र ओपन हाउसले २ लाख बराबर सामग्री सहयोग गरेको छ।  दृष्टिविहीनहरूले जीवन आर्जन गर्न विभिन्न ठाउँ पुगेर बेच्ने कलम, अगरबत्ती, कपुर लगायत सामाग्री सहयोग गरेको क्वाटवाक ओपन हाउसका संचालक गुप्त लामाले जानकारी दिए ।

कपूर ३२ थान, स्टील जाली ३२ थान, कान कोटाउने ३२ थान, पेन ५ थान, पेन्सिल १२ थान, ओड्ने कपडा ६ थान र टोपी जकेट टाउजर हस्तान्तरण गरेको थियो ।

क्लब क्वाटवाक र ओपन हाउसमा आएको पाहुनाले खाएको टेबलको ब्यापार बाट १०-१० रूपैंया जम्मा गरेर सामाजिक कार्यमा खर्च गर्ने सञ्चालक लामाले जानकारी दिए ।

यस्तै, अर्का सञ्चालक अमृत पहारीले अर्को महिना विद्याआश्रमलाई ओपन हाउसमै ल्याएर खान खुवाउने र एक दिन उउहाँहरूसँगै बिताउने योजना रहेको सुनाए ।

सम्बन्धित समाचारः

पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
‘ज्यानको कपडाबाहेक केही रहेन, बेच्न राखिएका सबै सामान जले’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ